२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रि–बजेटमाथिको छलफलमा ज्वालाले भने, ‘आगामी बजेट सन्तुलित र कार्यान्वयनमुखी’

२०७५, १६ जेष्ठ बुधबार १५:५४

जेठ १६, सुर्खेत । आगामी आर्थिक वर्ष ०७५।०७ट को बजेट सन्तुलित रुपमा ल्याउने प्रतिवद्धता प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनाएका छन् । तीन दिनदेखि संसदमा जारी प्रि–बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिदै ज्वालाले आगामी बजेट सन्तुलित र कार्यान्वयनमुखी ढाचामा आउने विश्वास पनि दिएका छन् ।


सरकारले नै चालू आवका लागि असन्तुलित र असमावेशी चरित्रको बजेट ल्याएकोमा विरोध जनाएपछि आर्थिक मामिला मन्त्री ज्वालाले आगामी बजेटमा त्यस्ता कमीकमजोरी नदोहो¥याउने प्रतिवद्धता समेत जनाए । प्रदेशसभाको बुधबारको बैठकमा उनले चालू आवमा बजेट कार्यान्वयन हुन नसकेको दुःख व्यक्त गरे । ‘कार्ययोजना बनाएर सम्बन्धित मन्त्रालयले बजेट खर्च गर्नुपर्ने हो, यस अवधिमा कतिपय योजनाहरु पुरा गर्न सकिने खालका पनि थिए’ मन्त्री ज्वालाले भने, ‘कानुनी, संरचनागत र जनशक्तिको कमीले खर्च भएन । तैपनि बजेट फिर्ता भएपनि प्रदेशकै सञ्चित कोषमा रहेको छ ।’ चालू आवको बजेटबाट पाठ सिक्दै आगामी वर्षको बजेटको पूर्ण कार्यान्वयनमा ध्यान दिने उनको भनाई छ । आगामी बजेटमा प्रदेशसका सबै ठाउँमा कार्यान्वय गर्ने गरी ल्याउन लागेको जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले असन्तुलित बजेट ल्याएको भन्दै यसअघि संसदमा सांसदहरुले आलोचना पनि गरे । सांसदहरुले आगामी बजेट ल्याउ“दा सबै जिल्लालाई समान रुपले समेट्न सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले संघीय सरकारले मंगलबार सार्वजनिक गरेको बजेटले कर्णालीका लागि खासै उपलब्धीमुलक नभएको प्रतिक्रिया दिए । केन्द्रीय बजेटले समेट्नु पर्ने कतिपय योजनाहरु छुटाएकोमा दुख व्यक्त गरे । बैठकमा सांसद धर्मराज रेग्मीले कर्णालीजस्तै भूगोल भएको छिमेकी भारतको हिमाञ्चल प्रदेशको विकासबाट पाठ सिक्नुपर्ने धारणा राखे । सांसद पद्मा खड्काले आगामी आवको बजेटका सिद्धान्त, प्राथमिकता, उद्देश्य र प्रमुख नीतिबारेमा सरकार अलमलिएको बताइन् । बुधबारको बैठकमा सांसदहरु विन्दमान विष्ट, यज्ञबहादुर वीसी, रातो कामी, सुशिल थापा, शोशिला शाहीले विनियोजन विधेयक २०७५ (प्रि–बजेट) माथिको छलफलमा भाग लिए ।

कर्णाली प्रदेश सरकारको अर्थ मन्त्रालयले आगामी असार १ गते झण्डै १५ अर्ब बराबरको बजेट संसदमा पेश गर्ने तयारी गरेको छ । बजेट निर्माण मन्त्रालयले पूर्व सुझाव संकलन गरि सकेको छ । मन्त्रालउले संसदमा पेश भएकै दिन अख्तियारी जाने बताएको छ । साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्ने र असोजबाटै निर्माण कार्य शुरु गर्ने गरी मन्त्रालयले तयारी थालेका छ । मन्त्रालयले केही दिन अघि मात्रै सार्वजनिक गरेको तथ्याङ्कमा कर्णाली प्रदेशको आन्तरिक राजश्व जम्मा २४ करोड छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने