२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार

२०७५, ३१ जेष्ठ बिहीबार १४:५१

चिसाङ शेर्पा | जेठ ३१, खोटाङ | जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो ।

नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमाना साप्सुखोला वारीसम्मको ८ किलोमिटर सडकको मंगलबार ट्रयाक खोल्ने काम सम्पन्न भएको साप्सु खोलादेखी मनमाया राई विमानस्थल सडक उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयोे ।

गाउँपालिकाको २४ लाख लगानीमा गएको बैशाख ७ गतेदेखी निर्माण थालिएको ड्रेन सहित ५ मिटर चौडाइ भएको सडक सुचारुसँगै अब दिक्तेल खानीडाडाँ आहाले–याम्खा हुदैं याम्खास्थित रातमाटामा रहेको ¥यापको सडकमा जोडिने छ । याम्खा पुछार साप्सुखोला– याम्खा रातमाटासम्म पहिले नै सडक तयारी भइ गाडी गुडिरहेको छ ।  


उक्त नयाँ सडक सुचारु पश्चात दक्षिणी भेगका स्थानियलाइ मनमाया राई खानीडाडाँ विमानस्थल प्रयोग गर्न तथा दिक्तेल, काठमाण्डौ जान आउन अधिक छिटो र सहज हुने अनुमान गरिएको छ । हालका लागि साप्सुखोलामा अस्थाइ पुल बनाइने गाउँपालिकाले बताएको छ ।  

यसअघि स–छितापोखरीको टुवाखोला–दिक्तेल सडक खण्डको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानामा पर्ने तावाखोलाको अस्थाइ सडक गएको बैशाखमा भलवाढीले बगाइ दिएपछि बिकल्पमा उक्त नयाँ सडक खोलिएको हो । तावाखोलामा पक्की पुल बनाउने शर्तमा साकेला गाउँपालिकाले चासो नदेखाएपछि गाउँपालिकाले दक्षिणी भेगका स्थानियहरुको सुविधाका लागि एकलौटी ठूलो बजेटमा खानीडाडाँ आहाले र याम्खा जोड्ने सडक तयार गरेको हो ।

दिक्तेल सहित अन्यलाई यात्रामा सहज हुने सडक खन्नलाई  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सल्लाह गरे पनि आफ्नै ठाउँ संमुद्धी बनाउनमा नगरपालिकाले रकम बिनियोजन नगरेको दिपु्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । नगरपालिकाले आफ्नै जग्गामा सडक खन्दा समेत रकम बिनियोजन गरेन । उहाँले भन्नुभयो, “तर हामीले आफ्ना पालिकावासीको सेवा सुविधाका लागि अरुकै पालिकामा सडक तयार गरेरै छोड्यौ । यो उहाँहरुको लागि चुनौती र नैतिक दबाव हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित