२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको दुर्गम गाउँमा एकैचोटी दर्जनौं गाडी पुगेपछि… (फोटो फिचर)

२०७५, २ असार शनिबार ०७:५५

दान बहादुर बुढा | असार २, मुगु | सदरमुकाम गमगढी देखी १७ किलो मिटर टाढा रहेको कच्रचे गाउँमा शुक्रबार एकैपटक दर्जनौं जिप र माल बाहक गाडी पुगेपछी स्थानिय गाँउलेहरुले नसोचोको कुरा घर दैलोमा देख्न पाईएको भन्दै खुसी व्यक्त गरे । उनीहरुले खुसि साट्दै गाडीको स्वागतमा भ्याई नभ्याई आएका थिए ।

मुगुको गमगढी रारा गिलाह ग्रामिण सडक खण्डको ५ बर्ष पहिलाबाट मुगु जिल्ला समन्य समितिको कार्यालय अन्तरगत रहेको गैरसरकारी संस्था ग्रामिण पहुँच कायकमको आर्थिक सहयोगबाट निमार्ण भएको १७ किलोमीटर गमगढी रारा कच्र्चेसम्मको सडकमा ४ टाएर भएका गाडीहरुको परीक्षण गर्न जिल्लाका समन्य समितिका संयोजक, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाँउपालिकाका प्रमुख तथा उपप्रमुख, प्रत्रकारहरु त्यहाँ पुगेका थिए ।


ग्रामीण पहुँच कार्याक्रमले ३ बर्षसम्म सडक निर्माण कार्य गर्नको लागी सम्झौता भएपनि कडा चट्टान, असजिलो भुवाग भएको हुँदा ५ बर्षमा निर्माण पुरा गरेको थियो । घर दैलोमा गाडी पुगेको हुँदा स्थानीयहरु निकै खुसि भएका थिए । त्यहाँका स्थानीयले ५० केजीको भारी बोकेर गमगढी बजार जाने र आउने गरेका थिए तर अब गाउँमै गाडी आउने भएपछी स्थानीयहरु दंग छन् ।

'गाडी आउने रे भन्दै रोड बनाउने गरेको सुनेको थिएँ । मलाई लाग्थ्यो म भन्दा पनि मेरो नातिको पालामा गाडी आउला । तर नसोचेको भयो, घरमै गाडी आईपुग्यो ।' ८५ बर्षका स्थानिय आसीधाराका बृद्व बाजेले सडक बनाउने र बनाउन लगाउनेलाई आशिर्वाद दिंदै भने ।


बिगतका बर्षहरुमा नेपालगंन्ज सुर्खेत जुम्लाबाट भारी बोकेर घर खर्च चलाएका यी स्थानिय बासीहरु अहिले घर आगनमा गाडी पुगेपछि निकै खुसी भएका छन । 

गमगढी रारा कच्र्चे गिलाह सडकखण्ड निर्माणको लागी ग्रामीण पहुच कार्यक्रमले गत मंशिर बाट ७० समुहमा प्रति दिन १ हजार १५ सयसम्म कामदार लगाएको थियो । यो सडक निर्माणको लागी हालसम्म ३७ करोड ९६ लाख ३९ हजार रुपैया १७ किलोमिटरसम्म खर्च भएको र बाँकी गिलाहासम्म निमाण गर्नको लागी १० करोड खर्च हुन सक्ने अनुमान रहेको छ । यो सडक खण्डको सम्पूर्ण काम सकेर मात्र स्थानिय तहमा सडक हस्तान्तरण गरिने लक्ष्य रहेको ग्रामीण पहुच कार्यक्रमका कायक्रम संयोजक बिस्नुराम बिष्टले बताएका छन । 


ग्रामीण पहुच कार्यक्रमले सडक खण्डमा मानिसको जनशक्ती लगाएर काम गराएको हुँदा बिदेश धाउने यूवालाई रोजगारी दिएको छ । अबका योजना निमार्ण गर्दा स्थानिय तहमा डोजर नलगाएर मानवीय शक्ति लागउनु पर्यो, सडक आएर मात्र मानबिय जिवनका परिवर्तन हुँदैन, अब आयआर्जन, सीपमुलक काम, जनतालाई आर्थिक उन्नतीका कार्यक्रम गरेर कृषकले उत्पादन गरेका बस्तुहरु सहजै रुपमा बजार पुर्याउनु पर्नेमा छायानाथ रारा नगरपालिका मेयर हरीजङ्ग शाहीले बताए । 

गाडी पुगेपछि सुत्केरी, बृद्व, असहाय, बाल-बच्चाको आवातजावत र सामान ढुवानिमा सजिलो हुने भएकोमा स्थानिय बासीले खुसी व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते