२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसी तुवाचुङ नगरपालिकाको बजेट साढे ४४ करोड बढी

२०७५, २९ असार शुक्रबार १६:१२

चिसाङ शेर्पा | असार २९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

‘आर्थिक संमृद्धिका लागि त्रिधार्मिक नगर, कृषि, पर्यटन र शिक्षा विकासको आधार’ भन्ने नारासहित नगरपालिकाको दोश्रो ऐतिहासिक नगरसभामा प्रस्तुत गरिएको बजेट अन्तरगत चालुतर्फ ४ करोड ९५ लाख ७१ हजार ७५०, पुंजिगततर्फ १४ करोड ४३ लाख २७ हजार ७ सय ५० रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरपालिका सेवा रहित समाज, शुसासन, पारदर्शी, जवाफदेही र निश्पक्षको सिद्धान्तलाई आत्मासाथ गर्दै नगरपालिकाले सडकमा ४ करोड ५७ लाख ५ हजार, विधुतमा ११ करोड १ लाख ८० हजार, पशु तथा कृषिमा १३ करोड ९१ लाख ९ हजार, संस्कृती तथा पर्यटनमा ९५ लाख २० हजार, खानेपानी तथा सिंचाईमा ७१ लाख ९४ हजार २ सय २०, युवा उद्यमीका लागि ६० लाख ४० हजार ८ सय २०, महिला तथा बालबालिकाका लागि ५६ लाख ८३ हजार बजेट छुट्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर राईले बताइन् ।


यस्तै, नगरपालिकाले स्वास्थ्यका लागि ५८ लाख ७५ हजार, खेलकुदलाई २९ लाख ६० हजार, शिक्षामा ४० लाख ५० हजार, भवन निर्माणमा ४० लाख, नगर प्रोफाईलका लागि ११ लाख, मर्मत संभारलाई ४० लाख, जनजातितर्फ १२ लाख ५० हजार बजेट छुट्याईएको छ । एघार वडा रहेको नगरपालिकाले समपुरक कोष(म्याचिङ फण्ट)मा १ करोड २० लाख रकम छुट्याइएको छ । 

यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेश्रो नगरसभाले आर्थिक बर्ष २०७५/०७६ का लागि ६८ करोड ६० लाख ९६ हजार बजेट बिनियोजन गरेको छ । शुक्रबार खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बजेट प्रस्तुत गर्नुभएको हो । 


तश्विरमा: बजेट प्रस्तुत गर्नुहुदै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई | तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित