५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि खुलेको नेपालकै पहिलो अन्डरपास किन भयो बन्द ? अब कहिले खुल्छ ?

७ भाद्र २०७५, बिहीबार ०४:२२

भदौ ७, काठमाडौँ | काठमाडौँस्थित निर्माण भएको कलंकी अण्डरपास बन्द गरिएपछी किन  बन्द भएको भन्ने बारे धेरैले चासो व्यक्त गरेका छन् । चक्रपथ सुधार आयोजना अन्तर्गत निर्माण गरिएको यो योजना भदौ १ गतेदेखि केहि दिन परिक्षण संचालन गरिएको थियो तर अहिले थप काम बाँकी रहेको भन्दै बुधबारदेखि बन्द गरिएको हो । 

कलंकी अण्डरपास निर्माण सम्पन्न हुन केही दिन अझै लाग्ने बताईएको छ । परीक्षण सफल भएको र अबको १०-१५ दिनमा अण्डरपास पूर्ण रुपमा शुचारु गरिने बताइएको छ । अण्डरपास खुलेसँगै हटेको कलंकीको जाम अहिले फेरी पुरानै स्थितिमा छ । भदौ १ गतेदेखि निर्वाध रुपमा अन्डरपास हुँदै चलेका सवारी समेत बुधबारदेखि उही पुरानै लयमा १० देखि २० मिनेटसम्म जाममा फसेका छन् । आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेकोले पनि बन्द गरिएको हो । 


यससंगै कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको छ । ‘ अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले ठूलो सहयोग गर्ने विश्वास गरिएको छ । 

कोटेश्वर–कलङ्की १०.४ किलोमिटर लामो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी छ । चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता गरिएको यो आयोजना भूकम्प र नाकाबन्दीका कारण थप एक वर्ष अवधि थपेर निर्माणाधीन अवस्थामा छ । 


भदौ १ देखि ५ दिनसम्म अन्डरपास संचालन गर्दा ५/१० मिनेट मात्र जामको समस्या थियो भने बन्द भएलगत्तै २०/२५ मिनेटसम्म जाम पर्ने गरेको छ । अन्डर पास बन्द भएकाले सबै सवारीहरुलाई माथिबाटै पास गराउनुपर्ने हुँदा कलंकीको सवारी आवागमन प्रभावित भएको छ । 

अन्डरपास बने पनि यसको औपचारिक उद्घाटन भने भएको छैन । अब औपचारिक उद्घाटन गरेर अन्डरपास संचालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता