५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेण्ट बैंकको आठौं एक्स्टेन्सन काउन्टर बुढानिलकण्ठमा

२ आश्विन २०७५, मंगलवार ०८:५३

असोज २, काठमाण्डौ | नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आठौ एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । काउन्टरको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

काठमाण्डौ पूर्वि भूभागमा पर्ने बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्ने बैंकले जनाएको छ।

त्यस्तै सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ  । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैंक प्रयासरत रहनेछ ।  

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले  वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिंदै आएको छ। 

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम संचालनमा छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

 भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता