२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु

२०७५, १० आश्विन बुधबार ११:४९

असोज १०, जुम्ला | जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पुर्याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । 

अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि सङ्घीयताको महसुस बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपाने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंजाबाट सदरमुकाम पुग्न बास बस्नुपथ्र्याे, तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।” 

कुन स्थानीय तहमा कुन बैंक 

सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताउनुभयो । 

त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बङ्गलादेश बैंक, हिमा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाण्डूको शाखा सञ्चालन भएको छ । 

पातारासी गाउँपालिकामा भने केही सामग्रीहरु जोड्न बाँकी रहेकाले सेवा सञ्चालनमा आउन सकेको छैन । नमूना गाउँपालिका बनाउने योजनाअनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर