०७२ को विनाशकारी भूकम्पबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

०७२ को विनाशकारी भूकम्पबाट"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वडा अध्यक्षको पहलमा हेलम्बुमा एकिकृत बस्ती बन्दै

१७ आश्विन २०७५, बुधबार १३:०८

असोज १७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित वडा २ मा  एकिकृत बस्ती निर्माण गर्ने तयारी भएको छ । 


०७२ को विनाशकारी भूकम्पबाट छेदविच्छेद भएको उक्त गाउँमा बसोबास गर्दै आएका ह्योल्मो समुदाय र दलित बस्ती गरी ४० घरधुरी रहेको छ । नोर्बोलिङ एकिकृत बस्ती विकस केन्द्रको नामाकरण गर्दै वडा अध्यक्ष छिरिङ ग्याल्बु लामाको पहलमा बस्ती निर्माण गर्ने भएको हो । 

वडा अध्यक्ष लामा भन्नुहुन्छ– समुदायको अगुवाईमा समुदायकै लगानी गरेर बस्ती गर्न लागिएको हो ।  यस प्रकारका बस्ती निर्माणले एकअर्कामा भातृत्व, सामाजिक सदभाव तथा विकासमा जिम्मेवारी र अपनत्वको भावना सिर्जना हुने उहाँको भनाई छ । भूकम्प पीडितका लागि सरकारले दिने अनुदान सहित समुदायबाटै संकलन गरी निर्माण गर्न थालिएको हो । 


वडाकै खर्क डाँडामा बन्ने उक्त एकिकृत बस्ती ०७६ को आर्थिक वर्षमा सम्पन्न गराउने योजना रहेको बताउँदै नमूना बस्तीका रुपमा विकास गर्ने र एकअर्कामा सहकार्यको भावना सहित बस्तीको परिवर्तनमा टेवा मिल्ने समेत बताउँनुभयो । एक घर निर्माण सम्पन्न गर्न रु. ११ लाख खर्च लाग्ने र आवश्यक नपुग रकमका लागि वडा लगायत अन्य संघसंस्थालाई सहयोग गराउन समेत अध्यक्षले अह्वान गनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता