२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलर ११९ को रेकर्डमा ! युएई, कतार, साउदी लगायत देशको पैसाको दर पनि बढ्यो

२०७५, २४ आश्विन बुधबार ०३:३७

असोज २४, काठमाडौं । अमेरिकी डलरको मूल्यले हरेक दिनजसो नयाँ-नयाँ रेकर्ड कायम गर्दै बढ्दै गएको छ । बुधबार १ अमेरिकी डलरको बिक्रि मूल्य ११९ रुपैयाँ ३३ पैसा छ । यो नै इतिहासको सबैभन्दा महङ्गो मूल्य हो । यसले महङ्गीमा आम नेपाली जनता पिल्सने खतरा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर हालसम्मकै उच्च अवस्थामा पुगेको छ । आज १ अमेरिकी डलरको खरिद दर ११८ रुपयाँ ७३ पैसा पुगेको छ भने बिक्रीदर ११९ रुपयाँ ३३ पैसा पुगेको छ । खरिददरमा डलरको भाउ मंगलबारभन्दा ५३ पैसाले बढी हो । मंगलबार १ अमेरिकी डलर बराबरको मूल्य ११८ रुपयाँ २० पैसा रहेको थियो । 

त्यस्तै आजको नयाँ दररेट अनुसार १ साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युएई १ दिर्हामको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । 

उता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।  त्यस्तै कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ ।  

बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

डलर महँगो हुँदा अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्रीहरु बताउँछन् । बस्तु आयातमा निर्भर नेपालको जस्तो अर्थतन्त्रमा डलरको भाउ बढ्दा मूल्यवृद्धि हुन्छ ।

भारतसँगको स्थीर विनियम दरका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे