२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गृहिणीका कथा: राडी बुनेर मनग्गे आम्दानी

२०७५, १७ कार्तिक शनिबार ०५:०१

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | रावाबेंशी गाउँपालिका–६ हौचुर पोखरी चापखर्ककी शिव कुमारी गुरुङ दिउँसोको खाना खाएर राडी बुनिरहेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको दिक्तेल कलेजमुनी  गुरुङ समुदायको पुर्खौली पेशा(राडी बुनाई)लाई अंगाल्दै राडी बुनिरहेकी हुन्् । हेर्दा सजिलो तथा दिमागी कसरत बढी लाग्ने सीपबाट उनले वच्चालाई बोर्डिङ स्कुल पढाई रहेकी छन् ।

आफ्नो घर हौंचुरमा भएता पनि नानीलाई बोर्डिङ पढाउदै आवाश्यक सामग्री जुटाएर राडी बुन्ने काम गरीरहेको उनलाई बताईन् । राडी बुन्नका लागि धेरै सामग्रीको खाँचो पर्दछ । सवैभन्दा पहिला भेडाको ऊन चाहिन्छ । भेडाको ऊन माघ/फागुन र असोज÷कार्तिक दुई सिजनमा काटी धोएर कालो, सेतो, रातो छुट्याउने गरिन्छ । ऊनलाई कोरेसोले कोरेर रुवा बनाईन्छ । चर्खाले काटेर धागो बन्ने गर्दछ । उनले भनिन्, ‘अनि त्यसलाई जोडी बनाएर डल्ला बनाई फेरी चर्खामा लगाए बाटेपछि मात्रै राडी बुन्नका लागि ऊनको धागो तयार हुन्छ ।’

एक्लै राडी बुनिरहंदा ‘बोर’ हुनाले उनी कानमा इयरफोन लगाएर गीत सुन्दै बुनिरहेकी थिईन् । ऊनको धागो बनेसकेपछि तान लगाएर राडी बुन्ने गरिन्छ । ऊनको अलवा राडी बुन्नलाई ताके, तोश्रो लगायतका सामग्री चाहिन्छ । ग्राहकको माग बमोजिम राडी बुनाईमा भर पर्ने उहाँको भनाई छ । कसै ग्राहक आफ्नो वा अन्य केही लेखेको बुनाउछन्, कसै सादा बुट्टावाला । उनका अनुसार रंगीन अर्थात लेखेको बुन्नलाई दुई दिन र सादा बुट्टावाला एकदिनमा बुनेर तयार गर्न सकिन्छ । तर, राडी बुन्नभन्दा धुन गाह्रो हुने उनले बताईन् । बुनेर तयार राडीलाई तातोपानी उमालेर पानीमा डुबाई जोर खुट्टाले माडरे धुनुपर्दछ ।   


आफूले भेडा नपालेको र १२ सय र्धानीमा (गाउँबाट दिक्तेल आईपुग्दा) ऊन खरीद गरेर बुनेको ६ बित्ते सादा बुट्टावाला राडी ३५ सय, लेखेको रंगीन राडी ४५ सयदेखी पाँच हजारसम्म विक्री हुने गरेको छ । ५ बित्ते सादा बुट्टावाला राडी २५ सय र लेखेको रंगीन राडी ३५ सयमा घरमै तथा वजारमा लगेर विक्री गर्ने गरेको उनले जानकारी दिईन् । वर्षदिनमा दुई सिजनमा बुनिने राडी प्रायजसो विक्री हुने गरेको र विक्री नभई वाँकी रहेकालाई हलेसी मेलामा लगेर विक्री गर्ने गरिएको छ । विशेषगरी हलेसीमा लाग्ने रामनवमी, वालाचर्तुदशीमा राडीको विक्री बढी हुन्छ । राडीबाट वार्षिक ४०/० हजार  आउने उनले बताईन् । 

समयसँगै विभिन्न नया ओछ्याउनका आईटमहरु बजारमा आए पनि राडीको मान्यता वेग्लै छ । राडी भएको घरको शान नै अर्कै हुने गरेको पुर्खाहरुको भनाई छ । आज पनि आफन्त तथा पाहुनाको घरमा जादाँ राडी ओछ्यार सम्मान गर्ने परम्परा जीवितै रहेको छ । राडीलाई कतीपयले कोसेलीका रुपमा समेत आफन्तलाई उपहार दिने चलन छ । ओछ्याउनमा वढी न्यानो हुना राडी जिल्लाको पोखेरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, वुईपा, साब्रु, वाक्सिलामा बुन्ने गरिन्छ ।  

माथी तस्विरमा: राडी बुन्दै शिव कुमारी गुरुङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध