२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘उपत्यकामा मोनोरेल नै उपयुक्त’

२०७५, १९ कार्तिक सोमबार १६:४८

कात्तिक १९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको जानकारी गराउनुभयो । सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने पनि उहाँले बताउनुभयो । “निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो । 

सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि केन्द्र सरकासँग समन्वय भइरहेको उहाँले जानकारी गराउनुभयो । कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको प्रक्रियामा ल्याइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे