2026-09-14 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्यो

टेकेन्द्र बोहारा | कात्तिक २०, बझाङ | बझाङ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । आज बिहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा एक कार्यक्रम आयोजना गरेर ३३ केभी विद्युत प्रसार गरिएको जानकारी गराइएको हो ।

 बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएको छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्योग धन्दालाई सहज हुने भएको छ । आजदेखि नेपाल विद्युत प्राधिकरणले चैनपुर र आसपासमा विद्युत आपुर्ति गर्दै आएको सुर्मादेवी जलविद्युत प्रालिसँगको सम्झौता खारेज गरेको छ । 

अब सुर्मादेवीले चैनपुरबाहिर र नेपाल विद्युत प्राधिकरणले चैनपुरमा विद्युत सेवा दिनेछन् । २०६४ सालमा बझाङसम्म लाइन विस्तारको चर्चा चलेपनि २०७२ कात्तिक देखि पोल गाड्ने काम सुरु भएको यो प्रसारण लाइन योजनामा गत भदौभित्र पोल र तार तान्ने काम सकिएको थियो ।

 दसैं अगाडी विद्युत प्रवाह गर्ने प्रतिवद्वता जनाए पनि स्थानियबासीसँगको विवाद र डारेक्ट प्रवाह गर्न ट्रान्सफर्मर बझाङ नपुगेकाले ढिलो भएको नेपाल विद्युत प्राधिकरण बझाङ शाखा प्रमुख राकेश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने