२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङको रिङ्गरोड धमाधम पिच हुँदै, ४२ लाख सहित ठेकदार सम्मानित

२०७५, २३ कार्तिक शुक्रबार ११:३४

सम्राट सिंह | कात्तिक २३, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरको रिङ्गरोड धमाधम पिच भइरहेको छ । चैनपुरका बासिन्दाहरुले आफै जग्गा दिएर बनाएको रिङ्गरोडको सहरी विकास तथा भवन डिभिजन कार्यालयले पिच गर्न थालेको हो । सदरमुकाम चैनपुर भित्र रहेका सबै सडकहरु साँघुरा हुँदा यातायातका साधनहरु आवतजावत गर्न कठिनाई हुने गरेकाले स्थानियहरुको पहलमा  रिङ्गरोडलाई झण्डै साढे सात मिटर चौडाई  बनाई नमुना सडक बनाएको थियो ।

जिल्लामा अन्य ठेकदारहरुले जिम्मा लिएका निर्माण कार्यहरु बिगत ४÷५ बर्ष हुँदा समेत सम्पन्न भएका छैनन् चैनपुरका समाजसेवी प्रदेशी कामीले बताए ।  बिगत ३ बर्ष यता  विकोई ईल्डर्स प्रालीले मालपोत भवन,जिल्ला हुलाक भवन, बाउली गार्ड र सेती नदीमा टठबन्धन को कार्य सम्पन्न गरी हाल चैनपुर बजार क्षेत्र पिच र जिल्ला प्रहरी कार्यालय जाने सडक आरसिसि गर्ने कार्य तिब्र रुपमा गरिरहेको उनको भनाइ छ ।


झट्ट हेर्दा टापु जस्तै देखिने चैनपुरको रिङ्गरोड सडक पिच हुँदा चैनपुर बजार एकदमै आर्कषण देखिएको छ । अहिले बझाङको रिङ्गरोड सडक, अदालत देखि चौराहसम्म को सडक र जीपपार्क देखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको पिचको काम विकोई ईल्डर्स प्रालीले झण्डै ३ करोड ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको छ ।  

जिल्लामा विकोई ईल्डर्स प्रालीले गरेका निर्माण कार्यहरु गुणस्तर र सम्पन्न गरिसक्नु पर्ने मितिभन्दा ६/७ महिना अगाडि नै सकेको हुँदा सरकारले आफुलाई सम्मानित गरेको निर्माण कार्यलाई तिब्रता दिन थप हौसला मिलेको विकोई ईल्डर्स प्रालीका प्रतिनिधी दल बहादुर बिष्टले बताए । उनले भने  बझाङमा आफ्नो कम्पनिले जिम्मा लिएका कामहरुको ७० प्रतिशत काम सकिसकेको र बाँकी कामहरु ५ महिना भित्र सम्पन्न हुनेछन । 


४२ लाख सहित ठेकदार सम्मानित

बिगत ५ बर्ष यता बझाङमा हुने गरेका निर्माण कार्यहरु छिटोछरितो सम्पन्न गरेको भन्दै विकोई ईल्डर्स प्रालीका प्रतिनिधी दल बहादुर बिष्टलाई ४२ लाख नगद सहित सम्मान गरेको हो । निर्माण कार्य सम्पन्न गर्ने समय अवधि भन्दा ६ महिना अगाडि नै मालपोत कार्यालय हस्तान्तरण गरेकोमा सरकारले नगद ३२ लाख र जिल्ला हुलाक कार्यालय बाट १२ लाख गरी ४२ लाख नगद सहित सम्मान गरेको हो । 

यस्तै बझाङमा हाल मटेला स्वास्थ्य चौकी लगायतका निर्माणका ठेक्का पनि विकोई ईल्डर्स प्रालीले नै जिम्मा पाएको छ । बझाङ जिल्लामा ठेक्का ओगट्ने काम नगर्ने ठेकदारका कारण जिल्लाको विकासमा बाधा पुगेको  विकोई ईल्डर्स प्रालीले नै का प्रतिनिधि दल बहादुर बिष्टले बताए  । बझाङमा आफ्नो कम्पनिले जिम्मा लिएका कामहरुको ७० प्रतिशत काम सकिसकेको र बाँकी काम ५ महिना भित्र सम्पन्न गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे