२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो सरकारी गाडी हुम्लामा

२०७५, २५ कार्तिक आईतवार १७:१८

रेशमराज रोकाया | कात्तिक २५, हुम्ला | हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ । चिनको सडकमा नेपाली गाडीलाई गुड्ने अनुमति नहुँदा रसुवा नाकाबाट कन्टेनरमा सरकारी गाडी राखेर चिनको ताक्लाकोट बजार सम्म ढुवानी गरेर गाडि भित्र्याईएको हो । 

चिनको सडक पार गर्नको लागि २ लाख ५० हजार ढुवानी भाडा तिरेर सरकारी गाडी हुम्ला ल्याइएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमूख शशाँक मिश्रले जानकारी गराएका छन् । राष्ट्रिय सडक सञ्जाल नछोएको हुम्लाको सडक विस्तार र अनुगमनको लागि भनेर आयोजनाले ल्याण्ड क्रुजर हुम्ला पुर्याएको हो । हिल्साबाट सिमकोटको ९५ किलोमिटर बाटोको ट्रयाक खुलेपछि सडक आयोजनाको कामलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि बा.१ झ ५८५० नंबरको गाडि ल्याईएको हो । नेपालको सुर्खेत र नेपालगञ्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनिया सडक प्रयोग गरी ल्याईएको हो ।

यस अघि निजी गाडीलाई नेपाली सेनाको हिलकोप्टर प्रयोग गरेर ३० लाख हवाई ढुवानी गरेर ल्याईएको भएता पनि सरकारी गाडीलाई हुम्ला पुर्याउनको लागि त्यती धेरै रकम नभएको कारण सडक मार्ग रोजेको आयोजना प्रमूख मिश्रले जानकारी गराउनु भयो । नेपाली सिमा क्षेत्र रहेको हिल्साबाट सिमकोट सम्म ९५ किलोमिटर दुरी पार गर्नको लागि ९ दिन लागेको छ । विभिन्न ठाउँमा सडक राम्रो नभएको कारण सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो । हिल्साबाट सल्ली हुँदै लेक धिँगाबाट सिमकोट पार गर्नको लागि हेप्प्का खोलामा पुल बनाएमा अब कहेी सहज हुने देखिएको छ । 

नेपाली सेनाले बाजुराबाट दक्षिणको सडक ट्रयाक खोल्ने प्रयास गरेको भएता पनि अझै हुम्लालाई सडक सञ्जाल छुनको लागि एक दश लाग्ने स्थानियको अनुमान रहेको छ । सिमकोट गाउँपालिकाको सदरमुकाम सिमकोट देखी खार्पुनाथ सम्म नियमित गाडी सञ्चालन भएको भएता पनि हुम्लामा सडक सञ्जाल खोल्नको लागि कछुवा गतिमा काम भईरहेको छ । दक्षिणमा अदानचुली र ताँजाकोट गाउँपालिकाले आन्तरिक सडक निर्माण गरिरहेको छन् भने  विच क्षेत्रको सर्केगाड र चंखेली गाउँपालिकाले पनि हरेक वर्षको बजेटमा सडक सञ्जाल जोड्नको लागि प्राथमिकतामा राखेको छ । 

हिल्सा सिमकोट सडक आयोजनाको सरकारी नम्बर प्लेटको गाडी भित्रिए पछि अब हुम्लामा सञ्चालन भएका आयोजनासँग सम्वन्धित सडक विस्तारमा केही तिव्रता ल्याईने कार्यलय स्रोतले जानकारी दिएको छ । गाडी हुमला पुुगे पनि यसको ईन्धन भने महँगो तिरेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पुर्याउँदा सम्म प्रति लिटर ६ सय देखी ७ सय सम्म पुग्ने भएको कारण यहाँका निजी र सरकारी गाडीलाई थप भार परिरहेको छ । कच्चि सडकमा गाडी गुडाउँदा ईन्धनको खपत बढी हुने भएको कारण पनि अझ थप भार परिरहेको छ । कच्ची सडकमा खाल्डो हुने र साँघुरो बाटोमा गाडी गुडाउनको लागि जोखिम रहेको गाडी चालकले बताउने गरेको छन् । कहाँनेर के हुने हो भन्ने ठेगान नै छैन, तै पनि हामी ज्यानलाइ हत्केलामा राखेर गाडी गुडाई राखेको बताउने गरेका छन् । 

हुम्लाको उत्तरी हिल्सा नाकामा भने नेपाली नम्बर प्लेटको गाडी नभएर चिनिया नम्बर प्लेटका गाडी गुडिहेको छन् । कुनै गाडी त विना नम्बर प्लेट भएको गुडिरहेको देख्न पाईन्छ । यातायात विभागको कार्यलय हुम्लामा नहुँदा चिनिया नम्बर प्लेट र विना नम्बर प्लेट गाडी गुडाउनको लागि बाध्य भएको गाडी सञ्चालकले बताउने गरेका छन् । नेपाली गाडी ल्याउनको लागि सरकारी झमेला अनि खर्च बढ्ने भएको कारण स्थानियले सामान ढुवानी गर्नको लागि चिनिया गाडी प्रयोग गर्ने गरेको नाम्खा गाउँपालिका वडा नं. ६ का छिमेल तामाङ्गले बताउनु भयो । ३० देखी ४० को हाराहारीमा हुम्लामा चिनिया गाडी सञ्चालन हुने गरेको स्थानियले बताएका छन् । हिउँदको मौसममा खाद्य पदार्थ देखी बन्दोबस्तीका सामान आयात गर्नको लागि चिनिया गाडीको प्रयोग हुने गरेको छ । नाम्खा गाउँपालिकाको अधिकाँश भुभागमा अन्नबाली वर्षभरी पुग्ने नफल्ने भएके कारण स्थानिय चिनिया बजारबाट खाद्यान्न आपुर्ती गर्ने गरेका छन् । 


माथिको तश्वीरमा: रसुवा नाका हुँदै कन्टेनरमा नेपालको हिल्सा नाकाबाट हुम्लाको सिमकोट ल्याईएको हिल्सा सिमकोट सडक आयोजनाको सरकारी गाडी । तश्वीर: रेशमराज रोकाया ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो