२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

२०७५, २८ कार्तिक बुधबार १५:५८

कात्तिक २८, काठमाडौँ (रासस) | मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । 

आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । 

अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ । 

त्यसैगरी, कर्जा तथा सापटीमा रु २६ अर्ब ५४ करोडले वृद्धि भई रु ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ । 

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ । 

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे