५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : छ अङ्कले घट्यो

३ मंसिर २०७५, सोमबार ११:०७

मङ्सिर ३, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए । 

कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ । वित्त उपसमूह शून्य दशमलव ९१ र अन्य उपसमूह दुई दशमलव ३४ बिन्दुले बढेको छ । यस्तै बैङ्किङ छ दशमलव तीन, होटल १९ दशमलव ६४, विकास बैङ्क पाँच दशमलव ९७, जलविद्युत् २२ दशमलव ७९, निर्जीवन बीमा १२ दशमलव ७८, माइक्रोफाइनान्स सात दशमलव ५७ र जीवन बीमा ३२ दशमलव १८ बिन्दुले घटेका छन् । 

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड एक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता