५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छपाइ बिग्रेका पाँच सय र हजारका नोट बजारमा

४ मंसिर २०७५, मंगलवार ०४:३१

 मंसिर ४, काठमाडौं  । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।

बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् ।

त्यस्ता सबै नोटको उजुरी बैंक/राष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ । यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ । नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।

अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरू बताउँछन् । ‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन् ।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’ सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।

अर्को एक वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीले भनिन्, ‘पाँच सयको एउटा बिटामा ४२ वटामा गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो । बैंकले सटहीका लागि राष्ट्र बैंक पठाएको छ ।’ अन्य बैंकमा काम गर्ने उनका साथीले पनि त्रुटिपूर्ण नोट भेटाएको उनले सुनाइन् । ‘एउटा जमघटमा मैले छपाइ बिग्रेको नोट भेटेको कुरा साथीहरूलाई सुनाए,’ उनले थपिन्, ‘त्यसपछि त मैले नि भेटेको भन्ने धेरै भेटिए ।’ राष्ट्र बैंकले लापरबाहीले यस्ता नोट बजारमा आउने गरेको बैंकरहरूको बुझाइ छ । ‘सुरुमै राम्रोसँग सटिङ गरेर पठाउनुपथ्र्यो,’ अर्का एक बैंकरले भने, ‘यहाँनेर राष्ट्र बैंक चुकेको देखियो ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता