२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै, शेयर निष्काशन गरिदै

९ मंसिर २०७५, आईतवार ०८:४६

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ९, पर्वत (रासस) | पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । 

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो । 

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम धमाधम चलिरहेको छ” उहाँले भन्नुभयो । 

वर्षामा पहिरो जाने, भासिने र आयोजनास्थल भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले सुरुङ निर्माण कार्यमा अवरोध उत्पन्न भएकाले केही ढिलाइ भएको हो । त्यसपछिको समयमा पनि अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । “गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयोे, “त्यही बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको हो”, “असार मसान्तसम्म उत्पादन दिने लक्ष्य पनि पूरा हुन सकेन, अब पुसभित्रै उत्पादनलाई राष्ट्रिय प्रसारणमा जोड्नेछाँै” उहाँले भन्नुभयो । 

आयोजनाको अहिले करीब सम्पूर्ण काम पुरा भएको छ । एक÷दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको जनसम्पर्क अधिकृत बेलवासेले बताउनुभयो । सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांस काम पूरा भएको जनाएको छ । आयोजनाले अघिल्लो आर्थिक वर्षमा भने लक्ष्यअनुसारै काम भएको जनाएको छ । शुरुका वर्षहरूमा भूकम्प र नाकाबन्दीले असर गरेकाले त्यसको प्रभाव अझै देखिए पनि अघिल्लो वर्षमा विगतको तुलनामा धेरै काम भएको बेलवासेले बताउनुभयो । ‘निर्माण कार्यमा केही ढिलाइ हुँदा निर्धारित समयभन्दा आयोजनाको काम लम्बिएको हो,’ उहाँले भन्नुभयोे । 


रु.तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माण कार्य एक वर्ष ढिला भएको थियो । आयोजनाको वार्षिक रु.११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनीयरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् । 

शेयर निष्काशन 

यसैबीच तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन)सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भैसकेको छ । कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा र. ४२ करोड रुपैयाँ बराबरको रु.४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो