५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसीमा बसपार्क निर्माण हुने

१० मंसिर २०७५, सोमबार ०३:४९

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थल आसपासमा सुविधायुक्त बसपार्क बन्ने भएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंले बसपार्क निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए । बजेट विनियोजन भएसंगै नगरपालिकाले बसपार्क निर्माणमा आवश्यक पर्ने जग्गाको खोजी गरीरहेको छ । 

सुविधायुक्त बसपार्क निर्माण गर्न डिजाईन स्टीमेटका आधारमा बढी रकम लागेमा आवश्यक रकमको व्यवस्था नगरले गर्ने राईले जनाए । आगामी दिनमा निर्माण हुने बसपार्कमा यात्रु प्रतिक्षालय, शौचालय, धारा, कार्यालय संचालनका लागि भवन, भौतिक सूविधा सम्पन्न डिजिडल प्रविधिको सेवा, यात्रुहरुलाई तनाव नहुँने खालका प्रविधि जडान तथा वरीपरि स्वच्छ सुन्दर वातावरणको व्यवस्थापन हुनेछ ।

यस्तै, यातायात साधन पार्किङको व्यवस्था, प्रविधि सम्पन्न टिकट काउन्टर व्यवस्थापन, यात्रुलाई गाडी चढ्न तथा टिकट काट्नको लागि भरपर्दो व्यवस्था, बसपार्कभीत्रै टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र टिकट काउन्टर, सोधपुछ कक्ष, मजदुर, कर्मचारी बस्ने कोठालगायतको व्यवस्थापन हुनेछ । सवारीसाधन जिल्ला भित्रने मुख्य नाकाको रुपमा रहेको हलेसीमा सूविधायुक्त बसपार्क निर्माण गर्दै आकर्षक र समुन्नत बनाउनका लागि नगरको ध्यान केन्द्रित भएको छ  । 

हलेसी मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा जिल्लामा आउँने जाने यात्रुहरुको सवारी चापलाई मध्यनजर गर्दै नगरले बसपार्क निर्माणको विकल्प खोजेको हो । सवारीसाधनको दैनिक बाक्लो चाप रहने हलेसीमा हाल हलेसी तुवाचुङ नगरपालिकाले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता