२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसीमा बसपार्क निर्माण हुने

२०७५, १० मंसिर सोमबार ०३:४९

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थल आसपासमा सुविधायुक्त बसपार्क बन्ने भएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंले बसपार्क निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए । बजेट विनियोजन भएसंगै नगरपालिकाले बसपार्क निर्माणमा आवश्यक पर्ने जग्गाको खोजी गरीरहेको छ । 

सुविधायुक्त बसपार्क निर्माण गर्न डिजाईन स्टीमेटका आधारमा बढी रकम लागेमा आवश्यक रकमको व्यवस्था नगरले गर्ने राईले जनाए । आगामी दिनमा निर्माण हुने बसपार्कमा यात्रु प्रतिक्षालय, शौचालय, धारा, कार्यालय संचालनका लागि भवन, भौतिक सूविधा सम्पन्न डिजिडल प्रविधिको सेवा, यात्रुहरुलाई तनाव नहुँने खालका प्रविधि जडान तथा वरीपरि स्वच्छ सुन्दर वातावरणको व्यवस्थापन हुनेछ ।

यस्तै, यातायात साधन पार्किङको व्यवस्था, प्रविधि सम्पन्न टिकट काउन्टर व्यवस्थापन, यात्रुलाई गाडी चढ्न तथा टिकट काट्नको लागि भरपर्दो व्यवस्था, बसपार्कभीत्रै टर्मिनल भवन, सपिङ बिल्डिङ, चमेनागृह, पक्की पार्किङ क्षेत्र टिकट काउन्टर, सोधपुछ कक्ष, मजदुर, कर्मचारी बस्ने कोठालगायतको व्यवस्थापन हुनेछ । सवारीसाधन जिल्ला भित्रने मुख्य नाकाको रुपमा रहेको हलेसीमा सूविधायुक्त बसपार्क निर्माण गर्दै आकर्षक र समुन्नत बनाउनका लागि नगरको ध्यान केन्द्रित भएको छ  । 

हलेसी मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा जिल्लामा आउँने जाने यात्रुहरुको सवारी चापलाई मध्यनजर गर्दै नगरले बसपार्क निर्माणको विकल्प खोजेको हो । सवारीसाधनको दैनिक बाक्लो चाप रहने हलेसीमा हाल हलेसी तुवाचुङ नगरपालिकाले भाडामा जग्गा लिएर बसपार्कको व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित