६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छ अङ्कले घट्यो शेयर बजार

१० मंसिर २०७५, सोमबार १०:५०

मङ्सिर १०, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ । 

घटेको बजारमा आज कारोवार रकममा समेत सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य २ दशमलव २७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ४ दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक ५ दशमलव ७६, जलविद्युत् ५ दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव ३, उत्पादन ३ दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ बिन्दुले घटेको छ । 

घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता