२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै

२०७५, ११ मंसिर मंगलवार ०८:४६

मङ्सिर ११, काठमाडौँ | बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । 

कम्पनीले छिटोमा यही मङ्सिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा आगामी पुस १९ गतेसम्म बिक्री खुला गर्ने तयारी गरेको छ । सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे