२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लैनचौरमा छ करोड लगानीमा वडा कार्यालय भवन बन्ने

२०७५, १२ मंसिर बुधबार ०६:४२

मङ्सिर १२, काठमाडौँ | काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । 

कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । “प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले भन्नुभयो । 

महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताउनुभयो । एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे