२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धरहरा पुन:निर्माण यसरी भईरहेको छ… (तश्वीर तथा स्थलगत भिडियो सहित)

२०७५, १३ मंसिर बिहीबार ११:०३

अनिल अधिकारी | मङ्सिर १३, काठमाडौँ | ऐतिहासिक सम्पदा धरहराको पुन: निर्माणको कामले तीब्रता लिएको छ । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको धरहराको संरचना पुन:निर्माणको काम केहि सातादेखि सुरु भएको हो । 

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका पालामा बनेको धरहरा २ बर्षमा बनाउने गरि निर्माण कार्यलाई तीब्रता दिईएको निर्माण कम्पनी जिआइइटीसीले जनाएको छ । धरहराको पुन: निर्माण कार्य सुरु गरेसंगै सुन्धारा पुग्नेहरुको केहि समय निर्माण स्थलमै बित्ने गरेको छ । 


नयाँ बनाउन लागिएको धरहरा पहिलेको भन्दा अग्लो र ठूलो हुनेछ । पहिले मुगल शैलीमा बनाइएको धरहरा ६१.८८ मिटर अग्लो थियो भने अब गुम्बज शैलीमा बन्ने धरहरा पहिलेको भन्दा झन्डै १० मिटर अग्लो अर्थात ७२ मिटर अग्लो हुनेछ ।


त्यस्तै पहिले ९ तलाको धरहरा अब भने २२ तलाको हुनेछ । बाहिरबाट ११ तलाकोजस्तो र पुरानै धरहरा झैँ लाग्छ, तर भित्र निकै अत्याधुनिक हुनेछ । अब बन्ने धरहरा अपांग मैत्री हुनेछ, जसको लागि दुईवटा लिफ्टको मद्धतले धरहरा चढ्न पाइनेछ । त्यस्तै पैदलनै चड्न चाहनेहरुको लागि २ वटा भर्याङ हुनेछन् ।

पहिले करिव ५ रोपनीमा मात्र रहेको धरहरा परिसर अब ४२.२ रोपनीमा फैलनेछ । जसमा हाल गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल समेत बन्नेछ । ऐतिहासिक सुन्धाराको धारालाई सामान्य मर्मत गरिनेछ, त्यसको पुरातात्विक महत्वलाई बिग्रन नदिई त्यस ठाउँलाई रमरणीय बनाइने छ । यति मात्र नभई धरहरा परिसरमा संग्राहलय, पार्किंग र क्यान्टिन समेतको सुविधा हुनेछ ।

धेरैको बुझाई छ कि धरहरा पहिलेकै स्थानमा बन्छ, तर त्यसो हैन भूकम्पले भत्किएर बाँकी रहेको धरहराको ठुटोलाई 'टेम्पर ग्लास' ले छोपेर जस्ताको तस्तै सुरक्षित राखिनेछ । यसको मतलव हाल भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरि १० मिटर पश्चिमतर्फ अर्थात पुरानो संरचना अनुसार पुरानो धरहराको गेट अगाडी नयाँ धरहरा निर्माण हुनेछ । अबको केहि दिनमै पुरानो धरहराको ठुटोलाई प्लास्टिकभन्दा बलियो सिपोलियन ओडाएर तत्कालका लागि संरक्षण गर्ने र छेउमा अर्को धरहरा बनेपछि यसलाई 'टेम्पर ग्लास' भित्र राखिनेछ ।

अब बन्ने धरहरा प्रवेश गर्ने गेट हाल गोस्वारा हुलाक रहेको स्थानमा हुनेछ । त्यहाँबाट गएपछि दुई तलामुनि गएर लिफ्टबाट २२ तलाको धरहराको माथिल्लो भागमा पुगिनेछ । 

जिआइइटीसी कम्पनीले ३ अर्व ४८ करोड रुपयाँ कुल लागत खर्चमा धरहरा निर्माणको जिम्मा पाएको हो । 

तस्वीरमा हेर्नुहोस् धरहरा पुन:निर्माण जारी छ… 


तस्वीर: अनिल अधिकारी (सास/काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध