२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अङ्कले बढ्यो शेयर बजार

२०७५, २४ मंसिर सोमबार १०:५८

मङ्सिर २४, काठमाडौँ | धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन् । 

स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहका शेयर भने घटेका छन् । यस्तै आठ उपसमूहको शेयर भने बढेको छ । उत्पादन दुई दशमलव ५१ र अन्य दुई दशमलव ७९ बिन्दुले घटेको छ । बैंकिङ १३ दशमलव ४३, होटल २३ दशमलव ८७, विकास बैंक १८ दशमलब ८, जलविद्युत् पाँच दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बीमा ७२ दशमलव शून्य पाँच, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बीमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ । 

स्टकका अनुसार रैराङ हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीले गुमाएका छन् । 

यसैबीच शेयर बजारमा सुधारको माग राख्दै रिले अनशनमा बसेका लगानीकर्ताको अनशन आज पनि जारी रह्यो । स्टकको कार्यालय अगाडि बजार सुधारका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने भन्दै उनीहरुले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध