मंसिर २५, काठमाडौं । हप्ताको तेस्रो दिन आज मंगलबार रियाल, रिंगिट दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केहि पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रिदर ३० रुपैयाँ ५१पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ४७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३ सय ०३ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।