२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावत विजयी, पदाधिकारीमा मिश्रित परिणाम

२०७५, २ पुष सोमबार १५:२७

पुष २, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघकोअध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार ८ सय १० मत प्राप्त गर्दै रावत विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश उप्रेतीले ७ सय ९३ मत प्राप्त गरे ।

संघको नयाँ नेतृत्वका लागि मंसिर २९ गते मतदान भएको थियो । सर्वसम्मत संघको नेतृत्व चयन गर्ने प्रयास विफल भए पछि निर्वाचन रावत र उप्रेती प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । दुवै काँग्रेस निकट व्यापारी भए पनि उप्रेतीलाई नेकपा समर्थित व्यपारीसंग गठबन्धन बनाएका थिए भने रावत एक्लै चुनावी मैदानमा होमिएका थिए । संघका हालसम्मका ४ जना पूर्व अध्यक्षहरु उप्रेतीको पक्षमा उभिँदा एक जना पूर्व अध्यक्ष टेकबहादुर भणरी मात्र रावतको पक्षमा थिए । चुनावी परिणामसंगै सबै पूर्व अध्यक्षहरुमा एक जनाको समर्थन सार्थक भएको व्यापारी वृत्तमा चर्चा चल्न थालेको छ ।

रावत नेतृत्वको लोकतान्त्रिक समूहले अध्यक्षसहित महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन् । मत परिणाम अनुसार महासचिवमा लोकतान्त्रिक समूहका लक्ष्मण कँडेलले ७ सय ७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम् प्रतिद्धन्द्धी संयुक्त व्यवसायी समूहका कलाधर उपाध्याय (केदार)ले ७ सय ४८ मत प्राप्त गरेका छन् । सचिवमा लोकतान्त्रिक समूहका रामप्रसाद पाण्डेले ७ सय ६५ मत ल्याई विजयी हुँदा संयुक्त व्यवसायी प्यानलका शिवराज जैसीले ७ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै गरी कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका भद्र भण्डारीले ८ सय ६ मत ल्याइ विजयी हुँदा संयुक्त व्यवसायिक प्यानलका गोविन्द पाण्डेले ७ सय ३० मत ल्याएका छन् । 


संघको बरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा हर्ष बिक्रम खड्का ७ सय ८९ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक समूहका बासुदेव शर्माले ७ सय ७४ मत पाएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा दीपेन्द्र ढकालले ७ सय ७३ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक समूहका प्रवल शाहीले ७ सय ६४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत ८ सय ५ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्धन्दी हरी बिष्टले ७ सय २४ मत पाएका छन् ।

त्यस्तै संघको महिला उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका उम्मेदवार कृष्णाकुमारी थापा ७ सय ६६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । महिला उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलकी बसन्तीकुमारी बस्नेतले ७ सय ४७ मत प्राप्त गरेकी छिन् । कार्यसमिति सदस्यहरुको मतगणना भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार