२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

४ पुष २०७५, बुधबार ०९:३६

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

 पुस ४, लमही (रासस) |  दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । 

सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ । 

तराई–मधेशमा बसोबास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । 

जसमा शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि रु ३० लाख, जनता उच्च मावि गढवाका लागि रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ । 

थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाको लागि रु ५० लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । 

यसै गरेर हाटबजार पूर्वाधार निर्माण घोराही उपमहानगरपालिकामा रु ५० लाख, प्राबि तिमिले बङलाचुली भवन निर्माणका लागि रु ३० लाख, आधारभूत विद्यालय कडुले बङ्गलाचुली भवन निर्माण गर्न रु ४० लाख, तरकारी तथा फलफूल बजार भौतिक पूर्वाधार तुलसीपुर उपमहानगरपालिका–६ का लागि रु एक करोड र राजापुर कपडादेवी थारू गाउँ हुँदै एयरपोर्ट सुकुमवासीटोल सडक कालोपत्रे तुलसीपुरका लागि रु ५० लाख बजेट पारेको उहाँले जानकारी दिनुभयो । 

साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको भन्दै साविक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै बजेट पारिएको दाबी गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ