२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रत्न पत्थर उद्योग समस्यामा

२०७५, ४ पुष बुधबार १०:४५

हेमन्त केसी | पुस ४,  जाजरकोट (रासस) |  भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्चालन आउन नसकेको हो । 

जिल्लाको औद्योगिक विकासमा योगदान गर्नुको साथै सयौं युवालाई जिल्लामै रोजगारी दिने उद्देश्य राखेर उद्योग सञ्चालन गरेको उद्योग बजार नपाएपछि सञ्चालनमा कठिन भएको सञ्चालक सुशील रावलले जानकारी दिनुभयो । 

रत्न पत्थरको व्यापार गर्नका लागि राष्ट्रिय बजार भन्दा पनि अन्तर्राष्ट्रिय बजारको आवश्यकता पर्ने बताउँदै सुशील रावलले भन्नुभयो, “हाम्रो लागि नजिकको अन्तर्राष्ट्रिय बजार भनेको भारत हो, भारतले हामीले निर्माण गरेको माल नै खरीद गर्दैन, निर्माण नगरेको माल मात्र जति लिए पनि खरीद गर्ने गरेको छ । हामी जस्ता साना उद्योगीले उत्पादन गरेको सामान थाइल्याण्ड पु¥याउन निकै गाह्रो छ, रत्न पत्थरको व्यापार थाइल्याण्डमा निकै राम्रो छ ।” 

उद्योगमैत्री कानून बन्न नसकेको बताउँदै रावलले भन्नुभयोे, “रत्न पत्थर अन्तर्राष्ट्रिय बजारमा लिएर कारोवार गर्नलाई यतिबेला खानी विभागले अनुमति दिएको छैन, राष्ट्रिय बजारमै व्यापार गर्नका लागि पनि तोकिएको परिणाममा मात्र कारोवार गर्न पाइने व्यवस्था गरेको छ ।” 

सरकारले उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने बताउँदै मिनरल्स कम्पनी प्रालि कुशे गाउँपालिका–३ अर्छानीका सञ्चालक करे चदाराले भन्नुभयो, “सरकारले उद्योगीलाई अनुदान दिने, बिनाधितो ऋण प्रवाह गर्ने नीति निर्माण गर्नुपर्छ तर, तीन तहका सरकारले त्यसो गर्न सकिरहेका छैनन् ।” 

चुनावको बेला जाजरकोट जिल्लालाई पानी र खानीको मुख्य केन्द्र भनेर नेताले भाषण गर्ने गरेको भए तापनि कुर्सी र सत्तामा पुगेपछि नेताले बिर्सिने गरेको चदाराले आरोप लगाउनुभयो । 

जाजरकोट जिल्ला बहुमूल्य रत्न पत्थरको हब भएको बताउँदै फ्रान्सका जियोलोजिकल अनुसन्धानकर्ता जिल्स रेभिनियोले भन्नुभयो, 

“ठाउँ रत्नपत्थरको हब भएको भए तापनि उद्योगबाट उत्पादन भएको मालको हब हुन सकिरहेको छैन, यसका लागि खुल्ला बजारको व्यवस्था हुन् आवश्यक छ, गुणस्तरीय माल उत्पादन गर्नुको साथै रत्न पत्थरसम्बन्धी नयाँ÷नयाँ कुराको अध्ययन अनुसन्धान गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि जियोलोजिकल कलेज सञ्चालन गर्न आवश्यक छ ।” 

फ्रान्सका भूगर्भविद् अनुसन्धानकर्ता जिल्स रेभिनियो गत मङ्सिर १६ गतेदेखि २३ गतेसम्म एक साताको समयमा कुशे गाउँपालिकाको अर्छानी, टालेगाउँ, छेडागाड नगरपालिकाको पजारु, रुवा, जजाय, पैराम, टिकाचौर र जुनीचाँदे गाउँपालिकाको गर्खाकोटलगायतका ठाउँको अवलोकन गरेर फर्किसकेका छन् । 

जाजरकोट जिल्लामा रहेका सबै रत्नपत्थर उद्योग र खानीसम्बन्धी दर्ता भएर काम गरिरहेका सबै कम्पनी एउटा एशोसिएशनभित्र बस्नुपर्ने बताउँदै भौगर्भिक अनुसन्धानकर्ता जिल्सले रत्न पत्थरको उद्योगमा नेपालको सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले कुनै सहयोग नगरे फ्रान्सबाट आफूले सहयोग जुटाउने बताएका छन् । 

देशका सम्पन्न मान्छेहरु अमेरिका, अस्ट्रेलिया लगायतका धनी देशमा जाने र गरीब जीवन निर्वाहका लागि कामको खोजी गर्दै भारत र खाडी मुलुकतिर दौडिने संस्कारको अन्त्य गर्न लगानी र आवश्यक जनशक्ति अभावमै सुशील रावलले रत्न पत्थर उद्योग सञ्चालन गरेका थिए । 

अहिले उनको उद्योगले उत्पादन गरेको सामग्रीले बजार पाउन नसक्नु, अन्तर्राष्ट्रिय बजारमा सामान लिनलाई खानी विभागले अनुमति नदिनुलगायतका समस्या झेल्नु परिरहेको छ । 

विश्वका विभिन्न मुलुकमा सौन्दर्यता र मानव गहनाका रुपमा प्रयोग हँुदै आएको रत्न पत्थर धार्मिक आस्था, प्राचीन मानव गहनाका रुपमा प्रयोग हुँदै आएको छ । रत्न पत्थर औषधिको रुपमा पनि प्रयोग गरिने गरिएको बताइएको छ । किलोको हिसाबले खरीद गरेर उद्योगमा प्रशोधन गरेर क्यारेटको हिसाबमा रत्न पत्थरलाई बिक्री गर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक