२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदुर पश्चिम प्रादेशिक महोत्सव हुने

४ पुष २०७५, बुधबार १३:५०

प्रकाश बम | पुस ४, डोटी | डोटी उद्योग बाणिज्य संघको आयोजनामा सुदुर पश्चिम प्रादेशिक महोत्सब  हुने भएको छ । 

बुधबार दिपायलमा गरीएको  पत्रकार सम्म सम्मेलनमा माघ २५ गते देखि फागुन ५ गते सम्म महोत्सव हुन लागेको जानकारी गराएको हो । 

“कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्बाधार, सुदूर पश्चिम बिकासको मूल आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागिएको महोत्सवमा बिभिन्न समिति,उपसममिति गठन गरी तयारी अगाढी बढाई सकेको अध्यक्ष मोहन कलेल बताउनु भयो । 

उद्यम व्यवसाय क्षेत्रमा नयाँ प्रविधि सम्वन्धि जानकारी गराउने ,स्थानीय उत्पादनको बाजारीकरणमा सहयोग पुर्याउने, सुदुर पश्चिम प्रदेशको पर्यटकीय सम्भावना बोकेका धार्मिक प्राकृतिक,ऐतिहासिक सांस्कृतिक क्षेत्रको प्रचार प्रसार गर्ने, सुदुर पश्चिमको कला, लोक संस्कृति र साहित्यको जर्गेना एवम संरक्षण सम्बर्धन गर्ने ,उद्योग,व्यापार,कृषि, पर्यटन अन्य विकासका सम्भावना ,अवसरहरुका साथै यस क्षेत्र प्रति राज्यको ध्यान केन्द्रित गर्न महोत्सबको आयोजना गर्न लागेको उद्योग बाणिज्य संघ अध्यक्ष कलेलले बताउनु भयो । 


महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति,हस्तकाला पर्दशनि, लघु तथा घरेलु उद्योग प्रविधि सम्बन्धी पर्दशनि, स्थानीय प्रतिभाको पहिचान तथा प्रवद्र्धन, रमाइलो मेला तथा बाल उद्यान कृषि प्रदर्शनी, सेती नदीमा ¥याप्टीङ्ग ,फोटो प्रर्दशनी, नेपाली कागज, स्थानिय परीकार लगायतका गतिबिधि महोत्सबमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

महोत्सवमा ९ वटै जिल्लाका प्रमुख उत्पादन सहित उद्यमि व्यवसायिहरुको सहभागिता रहने डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक बहादुर खड्काले बताउनु भयो । 

महोत्सब अबधिभर साढे २ लाख  भन्दा बढी दर्शकहरुले अबलोकन गर्ने र साढे ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको डोटी उद्योग वाणिज्य संघका महासचिव खड्काले बताउनु भयो । 

डोटी उद्योग वाणिज्य संघले ०६८ साल देखि महोत्सवको आयोजना गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…