२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निस्दी लघुजलविद्युत् : स्थानीयवासीको दैनिकी फेरियो

२०७५, ५ पुष बिहीबार ०९:०१

   सुशीला रेग्मी पुस ५, बेझाड (रासस) |  पाल्पा, निस्दी गाउँपालिका–५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी घरघरमा आयोजनामार्फत बिजुली बत्ती उपभोग गर्न पाउँदा दङ्ग छन् । 

दुर्गम क्षेत्र मानिएको ढुङ्गानाबेँसीमा सबैका घरमा उज्यालो बत्ती बलेपछि गाउँ नै झिलिमिली बनेको छ । आयोजनाबाट विद्युत् सेवा पुगेपछि टिभी हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, रेडियो बजाउन, लेखपढ गर्न सजिलो भएको छ । विद्युत् लाइनकै कारण यहाँका स्थानीयवासीको जनजीवनमा परिवर्तन आएको स्थानीयवासी लालबहादुर ढेँगाले बताउनुभयो । “शहर बजारदेखि टाढा रहेको र यहाँको विकासमा कसैको ध्यान नजाँदा स्थानीयवासीले सधैँ अन्धकारमा जीवन बिताउन बाध्य थिए, अहिले स्थानीयवासीकै सक्रियता र जनश्रमदानमा आयोजना निर्माण गरी सञ्चालनमा आएपछि गाउँको मुहार नै परिवर्तन भएको छ,” उहाँले भन्नुभयो । 

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु १७ लाख ५० हजार, १३३ घरधुरीबाट प्रतिघरधुरी रु पाँच हजारका दरले छ लाख ६५ हजार, साविक गल्धा गाविसबाट दुई लाख ३५ हजार, गाबुखोला सोसाइटी समूहमार्फत एक लाख, बूढीकोट सामुदायिक वन समूहबाट २५ हजार, साविक जिविस पाल्पाबाट एक लाख ४० हजार सहयोग प्राप्त भएको आयोजनाका सचिव चन्द्रबहादुर ढेँगाले बताउनुभयो । 

सचिव ढेँगाका अनुसार कृषि विकास बैंक शाखा रामपुरमार्फत सात लाख ५० हजार ऋण सहयोग, स्थानीय समूह गाबुखोला सोसाइटी समूहमार्फत तीन लाख ऋण सहयोग र स्थानीयवासीको दश लाख बराबरको जनश्रमदान गरी करीब ५० लाखको लागतमा आयोजना सम्पन्न भई हाल सञ्चालनमा छ । २०६६ बाट शुरु भएको आयोजनाबाट हाल १६५ घरधुरीका करीब ८०० जनसङ्ख्या लाभान्वित बनेको आयोजनाका अध्यक्ष घनबहादुर खण्डलुकले बताउनुभयो । बस्तीदेखि करीब एक हजार ६०० मिटर टाढा रहेको निस्दी खोलाको घ्याङ्गसिङ्घारी ठाउँबाट बाँध बाँधेर आयोजना निर्माण गरिएको हो । दैनिक बिहान ७ देखि १० बजेसम्म तीन घण्टा विद्युत् लाइन बन्द हुने र अरू समय नियमित सञ्चालन भइरहेको छ । 

आयोजना सञ्चालनका लागि दुई जना अपरेटर र एक जना सहयोगीको व्यवस्था गरिएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नपुगेको यस क्षेत्रमा स्थानीयवासीको अथक प्रयास र जनश्रमदानमा आयोजना गाउँमा सञ्चालन भएपछि ठूलो राहत मिलेको छ । अहिले धान, मकै, गहुँ, कोदो कुटानी–पिसानीका लागि आधुनिक मिल पनि सञ्चालनमा आएको छ । आयोजना सञ्चालन नहुँदासम्म यहाँका स्थानीयवासी सधैँ ढिकीजाँतोमा धान, गहुँ, मकै, कोदो कुटानी–पिसानी गरेर साँझ–बिहानको छाक टार्न बाध्य थिए । आयोजना सञ्चालनमा आएदेखि खाना पकाउन, फ्रिज चलाउन, टिभी हेर्न, छोराछोरीलाई उज्यालोमा राखेर पढाउन सजिलो भएको आयोजनाका कोषाध्यक्ष सम्झना गैरेले बताउनुभयो । 

“बिजुली नहुँदा रातभरि ढिकीजाँतो गर्नुपथ्र्यो, महँगो मूल्यमा मट्टीतेल किनेर टुकीको भरमा जीवन बिताउनुपर्ने अवस्था थियो, अहिले गाउँभरि नै सबैका घरमा उज्यालो बत्ती बलेको देख्दा आनन्द लागेको छ,” उहाँले भन्नुभयो । कुटानीपिसानीका लागि मिल सञ्चालनमा आएपछि गाउँका महिलालाई ठूलो राहत पुगेको उहाँको भनाइ छ । “टुकीमा बसेर पढ्दा निकै समस्या हुन्थ्यो, कहिलेकाहीँ बजारमा मट्टीतेल अभाव हुँदा लेखपढ गर्नै पाइँदैनथ्यो, अहिले त रातभरि उज्यालोमा बसेर पढ्न पाइन्छ,” विद्यार्थी विशाल खण्डलुकले भन्नुभयो । 

लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि साविक गल्धा गाविसका विद्यार्थीलाई लक्षित गरी माध्यमिक तह र उच्च शिक्षाको वार्षिक परीक्षा पनि गाउँमै सञ्चालन हुँदै आइरहेको छ । यहाँ विद्युत् अभावकै कारण माध्यमिक तह तथा उच्च शिक्षाको वार्षिक परीक्षा दिन रामपुरमा जानुपर्ने बाध्यता थियो । अहिले यो समस्याबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । विद्युत्कै कारण ढुङ्गानाबेँसी बजारमा पसल, व्यवसाय खुल्ने क्रम बढ्दो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै