६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता

६ पुष २०७५, शुक्रबार १०:०९

पुस ६, काठमान्डौ  (रासस) |  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । 

स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ । 

वर्षेनी रु ९० अर्बभन्दा माथिको विद्युतीय सामग्रीको आयात हुने गर्दछ । कूल खपतको पाँच प्रतिशत मात्र स्वदेशी उद्योगबाट उत्पादित सामग्रीले माग पूरा गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युतीय व्यवसायी महासङ्घद्वारा आयोजित ‘निक इलेक्ट्रो टेक २०१८’ शुभारम्भ गर्दै आर्थिक समृद्धिको आधार ऊर्जा विकास नै रहेकामा जोड दिनुभयो । 

उहाँले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगलाई पहिलो प्राथमिकता दिने नीतिलाई कार्यान्वयन गरिएको जानकारी दिनुभयो । 

विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् । यही पुस १० गतेसम्म जारी रहने प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषिमा राज्यको लगानी बढाउन सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति सरकारको हुनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता