२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिलकुमार बने सफल व्यावसायिक किसान

२०७५, ८ पुष आईतवार ०८:५०

पुस ८, तेह्रथुम रासस |  पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ । 

त्यस्तै सपना थियो तेह्रथुमका लालीगुराँस नगरपालिका–९ स्थित सोल्मा सिजेपुरका दिलकुमार लिम्बूको पनि तर उहाँको त्यो सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले उहाँले गाउँमा परिवारसँगै बसेर व्यावसायिकरूपले गाईपालन गरी नमूना किसानको पहिचान बनाउनुभएको हो । बत्तीस वर्षे युवा दिलकुमारले अहिले गाउँमै ‘याङहिङवाङ गाई फार्म’ चलाएर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । 

विसं ०७२देखि शुरु गरिएको उहाँको फार्ममा अहिले छ वटा उन्नत जातका दुधालु गाई र त्यति नै बाच्छी पनि छन् । ‘‘लाहुरे बन्ने रहरले उमेरमा पढ्न पढिएन”, उहाँ भन्नुहुन्छ, “उमेर बितेपछि बुद्धि पलाएकाले स्वदेशमै बसेर काम गरेँ र यसबाट पनि नाम तथा दाम दुबै कमाउन सकिने रहेछ ।” उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालन सम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिकरूपले गाई पाल्न प्रेरणा मिलेको दिलकुमार बताउनुहुन्छ । 

शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फार्म खोल्नुभएका उहाँकोे अलैँचीखेती पनि छ । “गाई फार्मका लागि शुरुमा करीब रु १० लाख लगानी गरी फार्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ”, दिलकुमार भन्नुहुन्छ । 

अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले गर्नुभएको छ । यस्तो खेती गाउँमा थोरैको मात्र छ, मैले घाँसको बीउ पनि उत्पादन गरेको छु,’ उहाँ भन्नुहुन्छ, “अहिले घाँसको बीउबाट पनि मनग्ये आम्दानी हुन थालेको छ । 

आफूले गोरखा, तनहुँ र चितवनसम्म पुगेर पनि उन्नत जातका घाँसको बीउ सङ्कलन गरेको र सो बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले आफैले उमारेको घाँसको बीउ खरीद गरेर लैजाने गरेका दिलकुमार बताउनुहुन्छ । उहाँको फार्मबाट अहिले दूधमात्र दैनिक ४० लिटर बिक्री हुन्छ र मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ । 

यो वर्ष घाँसको बीउ बेचेर रु १० लाख भन्दा बढी आम्दानी भएको उहाँ बताउनुहुन्छ । फार्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले दिलकुमारले गाई फार्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडी समेत किन्नुभएको छ । 

अहिले गाडीबाट पनि मासिक ७० हजारभन्दा बढी आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । गाई फार्मदेखि घाँसखेती र दूध ढुवानीसम्म दिलकुमार आफै खटिनुहुन्छ । उहाँको गाई फार्म र गाडीमा गरेर अन्य तीन जनालाई रोजगारी समेत मिलेको छ । गाई फार्म, अलैँचीखेती, घाँस र गाडीबाट गरी यो वर्षमात्रै उहाँको रु २४ लाख बढी आम्दानी भएको छ । 

“सबै खर्च कटाएर पनि आफूले मासिक रु एक लाख बढी आम्दानी गरिरहेको छु । मेहनत गरे स्वदेशमै पनि मनग्ये कमाइ गर्न सकिने रहेछ । अहिले त लाहुरे नभएकैमा स्वाद लाग्न थाल्यो ।” उहाँ भन्नुहुन्छ, “जिल्लामा एउटा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका दिलकुमार अहिले आफ्नो जातीय लोकसंस्कृतिको संरक्षण र उत्थानमा पनि लाग्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै