६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

८ पुष २०७५, आईतवार १०:३०

 पुस ८, काठमान्डौ (रासस) |  धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब ३८ पुगेको छ । कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर रु ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरीद–बिक्री भएका छन् । 

स्टकका अनुसार आज कारोवार भएका उपसमूहमध्ये उत्पादनबाहेक सबै उपसमूहका शेयर बढेका हुन् । उत्पादन छ दशमलब ०५ बिन्दुले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८ दशमलब ०२ले बढेको छ । बैंकिङ २४ दशमलब ९२, होटल ६३ दशमलब ९२, विकास बैंक २८ दशमलब ६४, जलविद्युत् २६ दशमलब १६, वित्त चार दशमलब ९३, अन्य १७ दशमलब २९ लघुवित्त ६३ दशमलब ७५ र जीवन बीमा २४७ दशमलब ३३ ले बढेको छ । 

यसैगरी आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । 

यस्तै कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता