२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँपालिकामा पहिलो पटक ल्याब सेवा

२०७५, ९ पुष सोमबार १४:१७

पुष ९, गलकोट (रासस) | बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा आएको छ । 

गाउँपालिकाको पहलमा उक्त ल्याब सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । स्वास्थ्य विभागको रु एक लाख ८२ हजार बराबरको प्राविधिक सहयोगमा ल्याब सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उक्त ल्याब सञ्चालनका लागि आव २०७५÷७६ का लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले ल्याब सञ्चालनका लागि एक जना ल्याब टेक्निसियनसमेत राखेको छ । 

सामान्य सेवाका लागि पनि गाउँपालिका छोड्नुपर्ने समस्याको समाधान भएको छ । गत मङ्सिर २३ गतेदेखि शुरु भएको ल्याब सेवामा दिनमा तीनदेखि पाँच जनासम्म बिरामी परीक्षणका लागि आउने गरेका छन् । ल्याबमा रगत, दिसा, पिसाब लगायतको परीक्षण हुने बताइएको छ । यस वर्ष स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले झण्डै ५० लाख विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै