६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित

१० पुष २०७५, मंगलवार ०५:४९

पुस १०, बेनी | म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । 

स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिँजारेर बनाइएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराइँदै आएको अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो । “हिउँदमा सवारी साधन खोलाबाटै वारपार गराइन्छ, अन्य समयमा सवारी आवागमन ठप्प जस्तै हुन्छ,” उहाँले भन्नुभयो । 

हिउँदमा खोलामा जोखिम मोलेर बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन वारपार गराए पनि बर्खायाममा भने सवारी साधन वारपार गराउन नसकिने शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताउनुभयो । “पुल नहुँदा सडक नभएजस्तै भएको छ”, उहाँले भन्नुभयो । 

अर्मनसँगै बरङ्जाका बासिन्दाले समेत गाउँपालिकाको केन्द्र बाबियाचौर पुग्न म्याग्दी खोलामा जोखिम मोलेर सवारी साधन वारपार गराउँदै आएका छन् । कतिपय सवारी साधन घुमाउरो बाटो भएर बेनी हुँदै जान्छन् । कतिपय सवारी साधन बीचमै पुगेर अड्किने र पल्टिने समस्याले चिसो पानीमा भिजेरै सवारी साधन तार्नुपर्ने बाध्यता छ । 

बाबियाचौरतर्फ माटेबगर र अर्मनतर्फ साठीखण्ड जोड्ने गरी मसानघाटमा पक्की पुल निर्माणका लागि योजना छनोट गरी विगतदेखि नै पहल भइरहेको छ । अर्मन–बाबियाचौर र बरङ्जाको पखेर–तातोपानी जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखेर योजना माग गरिएकामा अहिले यी योजना ठेक्का प्रक्रिया सकिएर कार्यान्वयनको तयारीमा रहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

अहिले वडा नं ३ र ४ बरङ्जा तथा ५ अर्मनलाई गाउँपालिकासँग सिधा सडक सञ्जालले जोड्न दु्रतमार्गले पूर्णता पाए पनि म्याग्दी खोलामा पुल नहुँदा सवारी साधन वारपार गर्न सास्ती भएको छ । सडक डिभिजन कार्यालय बागलुङले यी दुवै ठाउँमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको जनाएको छ । कार्यालयका सब इञ्जिनीयर अर्जुन गौतमले पखेर–तातोपानी जोड्ने पुल निर्माणका लागि निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएर आवश्यक तयारीमा जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार बाबियाचौर र अर्मन जोड्नका लागि मसानघाटमा निर्माण हुने पुलकोसमेत ठेक्का प्रक्रियाको काम सकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता