२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु

२०७५, १० पुष मंगलवार ११:००

पुष १०, ललितपुर (रासस) | कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएको सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । 

उक्त सडकखण्ड निर्माणका लागि सरकारसँग गरेको सम्झौताको म्याद यही डिसेम्बर १५ सकिएको इञ्जीनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी एक वर्षसम्म यो सडकमा कुनै पनि समस्या आउँदा मर्मतको काम ठेकेदार कम्पनीले नै गर्नेछ । उहाँले भन्नुभयो, “सडक कतै भत्कने कतै कालोपत्रे उक्कनेलगायत कुनै पनि समस्या आउँदा ठेकेदार कम्पनीले नै समाधान गर्नुपर्छ ।” 

चिनियाँ सरकारको आर्थिक सहयोगमा उक्त कम्पनीले ४० महीनाभित्र निर्माण गर्ने गरी सम्झौता भएकामा भूकम्प र नाकाबन्दीले काम ठप्प भएकाले सरकारले यो वर्षसम्मका लागि समय बढाएको थियो । 

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको कलङ्कीमा जाम नहुने र ‘अण्डर पास’का कारण सुविधाजनक मानिएको छ । 

यो सडक निर्माण हुनासाथ चीन सरकारले कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा समेत चासो देखाएको छ । सडक विभागले अहिले यो सडकको सम्भाव्यता अध्ययन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै