२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुडबिल फाइनान्सले नगद लाभांश दिने

२०७५, १२ पुष बिहीबार १०:२०

पुस १२, काठमाडौँ | गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई आज गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

दुई कम्पनीको शेयरमूल्य समायोजन 

यस्तै स्टकमा आज कञ्चन डेभलपमेन्ट बैंकले पाँच प्रतिशत शेयर लाभांश वितरण गरेपछि आज प्रतिकित्ता रु १७१ मा शेयर मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु १९३ रहेको छ । 

यस्तै मिशन डेभलपमेन्ट बैंकको ११ प्रतिशत शेयर लाभांशसँगै प्रतिकित्ता रु १५६ मा मूल्य समायोजन गरेको छ । सो बैंकको औसत आधारमूल्य रु २२२ रहेको छ । यस्तै स्टकमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख २९ हजार कित्ता शेयर लाभांश सूचीकृत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै