२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने, कुखुरापालन महोत्सव माघमा

१४ पुष २०७५, शनिबार ०२:४७

पुस १४, घोराही (रासस) | थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहनाका साथै थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा परम्परागत हस्तकला, थारू भाषाका पुस्तक प्रदर्शनी पनि गरिने भएको छ । 

कुखुरापालन महोत्सव माघमा 

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

उक्त महोत्सवममा मनोरञ्जनका साथै प्रदेश नं ५ को पहिचान झल्किने पोल्ट्रीजन्य वस्तुको प्रदर्शनी एवं बिक्री हुने समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ