२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीको शिखर नगरपालिकाद्दारा नगर बस सेवा सञ्चालन

१६ पुष २०७५, सोमबार ०८:३४

 पुस १६, डोटी  (रासस) |  डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । 

नगरपालिकाले खरीद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिनुभयो । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । 

नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल रु ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावलीअनुसार रु ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरीद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । 

अपहरणमा परेका युवालाई सशस्त्रले गरे मुक्त 

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट तीन दिनदेखि अपहरणमा परेका एक युवकलाई कैलालीको सशस्त्र प्रहरीको टोलीले भारतको पलियाबाट अपहरणमुक्त गरेको छ । 

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका–४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीको कैलालीमा तैनाथ रहेको सशस्त्र प्रहरीको गणका निमित्त गणपति विष्णुप्रसाद भट्टको टोलीले दुई घण्टाभित्रै अपहरणमुक्त गरेको सशस्त्रका प्रहरी नायब उपरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो । 

अपहरणमुक्त भएका युवालाई स्थानीय जनप्रतिनिधिको जिम्मा लगाइएको छ । दुर्गाथली गाउँपालिका–४ का २६ वर्षीय जोशीलाई भारतीय एसएसबी ३९ नम्बर बटालिएनसँग समन्वय गरी अपहरणमुक्त गरेर जनप्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल कैलालीस्थित ३४ नम्बर गण धनगढीले जनाएको छ । 

पलिया घर भएका ५० वर्षीय रेहाना खाँ र जोशीले मिलेर जेसिभी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुबैबीच केही मतभेद भएछि खाँले जोशीलाई घुम्न जाउ भनेर पलिया पु¥याएर अपहरण गरेको सशस्त्र प्रहरीको दाबी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी