६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु तीस लाखको लागतमा गाउँमा सडक

१७ पुष २०७५, मंगलवार ०३:२९

पुष १७, बेझाड (रासस) | रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । 

रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अहिले गाउँमा जिप, ट्रयाक्टरलगायत सवारी साधन गुड्न थालेका छन् । “ट्रयाक खुलेपछि तरकारी बिक्री गर्न सजिलो भएको छ, दैनिक उपभोग्य वस्तु किनमेल गर्न बजार पुग्नु परेको छैन,” रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भन्नुभयो । 

सांसद विकास कोषको रकमबाट उक्त सडक सञ्चालनमा ल्याइएको हो । “चालू आर्थिक वर्षमा गाउँपालिकाका पाँचै वडामा बस गुडाउन मिल्ने गरी सडक निर्माण, मर्मत र विस्तार गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि सडकको ट्रयाक नखुल्दा यहाँका बासिन्दाले यात्रा गर्न निकै सास्ती भोग्दै आएका थिए । गाउँपालिकाका पाँच वडामध्ये चारमा बस सेवा सञ्चालनमा छ । वडा नं २ मा फागुनभित्रमा बस पु¥याउने गरी काम भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । वडा नं २ को रानीबासदेखि वडा कार्यालयसम्मको करीब दुई किलोमिटर सडक विस्तार गर्ने काम बाँकी रहेको उपभोक्ता समितिका उपाध्यक्ष मनबहादुर गाहाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता