२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका सबै स्थानीय तहमा बैंक

२०७५, १९ पुष बिहीबार ०७:४७

केदार मगर | पुस १९, खोटाङ (रासस)  | जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोवार तथा सर्वसाधारणलाई सहज भएको छ । 

स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, ऐसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा कृषि विकास र सालपा विकास, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा, साकेला गाउँपालिकामा एसबिआई र बराहपोखरी गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार गरिएको छ । 

जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा सालपा विकास, सेन्चुरी र माछापुच्छ्रे बैंकको शाखा विस्तार गरिएको छ । माछापुछ्रेले उक्त नगरपालिकाको राजापानी, मङ्गटार, अर्खौले, धितुङ र च्यास्टिारमा सेवा केन्द्र सञ्चालन गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा तीनभन्दा बढी बैंकको शाखा तथा सेवा केन्द्र विस्तार गरेर सञ्चालनमा ल्याइएको छ । 

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरुले बताएका छन् । 

“बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई दिन पैदल हिँडेर दिक्तेलबजार पुग्नुपथ्र्यो,” एँेसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भन्नुभयो, “अहिले आफ्नै गाउँपालिकामा बैंकको शाखा विस्तार भएपछि दिक्तेलबजार धाउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको छ ।” 

हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्ने सरकारको नीतिअनुरुप जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो । “सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने सरकारको नीतिमै उल्लेख छ,” उहाँले भन्नुभयो, “विस्तार गरिएका बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था पनि सरकार आफैँले गर्छ ।” 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा राष्ट्रिय वाणिज्य, कृषि विकास, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास, ज्योति विकास बैंकलगायत सञ्चालनमा रहेका छन् । देश सङ्घीय संरचनामा जानुअघि सबै सरकारी कार्यालय रहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दर्जनभन्दा बढी सहकारी संस्था तथा लघुवित्तहरु पनि सञ्चालनमा रहेका छन् । 

जिल्लाका सबै स्थानीय तहमा विस्तार गरिएको बैंकको बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीको गस्ती टोली खटाइएको छ । बैंकको शाखा नजीक पर्ने प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चौबिसै घण्टा बैंकको सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग