२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

“नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन”

२२ पुष २०७५, आईतवार ०३:११

पुष २२, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

“अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन ।” 

अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो । “जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि अब त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ । 

एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो । 

डुडुवामा समुदाय–प्रहरीको सामाजिक अभियान 

सामुदायिक—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा चेतनामूलक अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सरसफाइ, लागुऔषध दुव्र्यसन, घरेलु हिंसालगायतका अपराध र सामाजिक विकृतिविरुद्ध सामाजिक जागरण जगाउने कार्यक्रम शुरु गरिएको छ । 

सो अभियानअन्तर्गत शनिबार गाउँपालिका–४ स्थित डुडुवा पुलको बृहत सरसफाइ गरिएको अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार, वडा नं ४ र ५ का जनप्रतिनिधि, प्रहरी, सामुदायिक वन, साझेदारी मञ्च, स्थानीयवासीको संयुक्त पहलमा पुलको सफाइ गरिएको हो । लामो समयदेखि पुलमाथि माटो जम्नु, खाल्डाखुल्डी भएर फोहर जमेकाले पुल र सडक वरिपरिको सरसफाइ गरिएको वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा