६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–मालढुङ्गा सडक स्तरोन्नति शुरु

२२ पुष २०७५, आईतवार ०३:४८

पुष २२, म्याग्दी (रासस) | जलजला गाउँपालिका–४ मोहनचोकदेखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक ट्र्याक खुलेको दुई दशकपछि स्तरोन्नति शुरु भएको छ । 

जलजला गाउँपालिकाले बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुँदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नति शुरु गरेको हो । विसं २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्र्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडाध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । 

फराकिलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्र गरिने उहाँले बताउनुभयो । गत वर्ष विनियोजन भएको रु ९० लाखबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई थप बजेट विनियोजन गरेर निरन्तरता दिइएको छ । 

सडकको प्रवेशविन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बीचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताउनुभयो । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । 

सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले रु ९९ लाख विनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो । गत वर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दूरी छोट्याइएको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकिलो बनाइने भएको छ । 

स्थानीयवासीलाई सहज रूपमा आवतजावतका साथै तरकारी, सुन्तला, दूधलगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का