२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

२०७५, २३ पुष सोमबार ११:२१

रमेश लम्साल | पुस २३, काठमाडौँ | नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताउनुभयो । सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिनुहुँदै उहाँले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताउनुभयो । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ । 

टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।” ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पार्नुभयो । 

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उहाँले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गर्नुभयो । यस्तै टेलिकमको विलिङ प्रणालीलाई गुणस्तरीय र विश्वस्तरीय बनाउने, सेवा सुधारमा विशेष ध्यान दिने र सबै कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी दिने अधिकारीले बताउनुभयो । आधिकारिक टे«ड युनियनसँग मिलेर काम गर्ने भन्दै उहाँले कर्मचारीका अन्य सङ्गठनसँग पनि उत्तिकै भरोसा रहेकाले सबैले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ । टेलिकमले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभरुपमा सबैलाई उपलब्ध गराउनाका साथै दूरसञ्चार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकका रुपमा स्थापित हुने परिकल्पना गरेको छ । प्रगतिशील संस्थाका रुपमा ग्राहकको हित तथा सेवामा समर्पित रही देशभर भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराइ देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउने टेलिकमको अभियान छ । 

यस्तै देशका शहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन् । शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सधँै अग्रस्थानमा रहँदै आएको छ । सो कम्पनीको रु एक खर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ७३४ मा खरीद बिक्री हुँदै आएको छ । बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन । 

गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । मोबाइल ब्रोडब्याण्ड, अन्तर आबद्धता र व्याकबोन ट्रान्समिशनमा विशेष दख्खल राख्ने अधिकारीले टेलिकमलाई व्यावसायिक र थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध