२६ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

९ कार्तिक २०८१, शुक्रबार ०८:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धीत निकायहरुलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल पानी जम्ने ठाउँको खोजी, लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एक पटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिक समेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौंले गुमायो छैटौँ विकेट पावर प्लेमा काठमाडौंले २३ रन जोडेर गुमायो चौथौं विकेट पहिलो ओभरमै काठमाडौँलाई पहिलो झट्का टस जितेर लुम्बिनीविरुद्ध ब्याटिंग गर्दै काठमाडौँ गुर्खाज वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ रुकुम पूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प जनकपुर भर्सेस सुदूरपश्चिम: ‘प्लेयर अफ द म्याच’ इशान पाण्डे, ‘ममेन्ट अफ द म्याच’ दीपेन्द्रसिंह ऐरी मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियन सिजन २ का प्रतियोगी हिक्मत महराको निधन