२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुम्बेवा गाउँपालिकामा प्राइम बेंक स्थापना भएपछि बैंकिङ काम गर्न सहज

२०७५, २४ पुष मंगलवार ०३:३५

जितेन्द्र भण्डारी | पुस २४, पाँचथर | सरकारले देशैभरका स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानियलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ । बेंकको उद्घाटन तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले रिविन काटेर गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख थापाले बेंक स्थापना भएसँगै यस क्षेत्रमा नयाँ अध्याय शुरु भएको बताउनुभयो ।

गाउँपालिकाका जनताको निम्ति यो बेंक ढिलै भएपनि स्थापना भएर कोशेढुँगा सावित भएको बताउँदै स्थानियको समृद्धि र विकाशको लागि यो एउटा आधार बनेको उहाँले बताउनुभयो । अब तुम्बेवावासीले बेंकको काम गर्न सदरमुकाम सम्म धाउनु नपर्ने र बेङकिङ काम गर्न अव यस शाखा बाटै हुने गरी पालिकाले समन्वय गरी बेंक स्थापना गरेकोले यस ठाउँका जनताका लागि धेरै सहज हुने गाउँपालिका प्रमुख थापाले बताउनुभयो ।


यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले यस क्षेत्रमा बेंक नहुँदा गाउँपालिकाको कामकाजहरु गर्न सदरमुकाम सम्म धाउनुपरेको तथा यस ठाउँको जनताको निम्ति पनि समस्या भएको हुँदा अव बेंक स्थापना भएकोले सहज हुने बताउनुभयो ।

त्यसैगरी प्राइम बेंक धरान शाखाका प्रमुख रिषीराम भट्टराईले सरकारले सवै स्थानिय तहमा बेंक पुरयाउने लक्ष्य अनुसार आफूहरुले पनि यस ठाउँको जनतालाई बेंकको पहुँचमा पुरयाउन बेंक स्थापना गरेको बताउनुभयो ।

यस्तै प्राइम बेंक तुम्बेवा शाखाका प्रमुख दिपेन्द्रनाथ श्रेष्ठले बेंक स्थापना भएकोले बेकलाई सफलतापूर्वक संचालन गर्न सहयोग गरिदिन आम तुम्बेवाबासीलाई आग्रह गर्नुभयो ।

बेंक उद्घाटन सँगै २ सय ७ जनाले सेवा लिएका छन् । कार्यक्रमको संचालन शिक्षक खड्ग बहादुर थापाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक