२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाटमा मोटर चल्ने पुल निर्माण शुरु

२०७५, २९ पुष आईतवार ०८:२४

पुस २९, म्याग्दी | रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त पुलबाट झिँ, पाखापानी, ठाडाखानी र कुइनेखानीका बासिन्दालाई पनि सुविधा पुग्ने जनाइएको छ । यसै वर्षभित्र ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाउने लक्ष्यसहित काम शुरु गरेको कम्पनीले जनाएको छ । 

पुल बनेपछि उक्त गाउँका बासीन्दाले घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष भवबबहादुर भण्डारीले बताउनुभयो । गाउँपालिकाले बाँध निर्माणस्थलदेखि पाखापानीको औल जोड्ने सडक बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । 

रघुगङ्गा–३ घुमाउने तालदेखि वडा नं. ४ को बुक्ल हँुदै दग्नाम र झिँको सिमानामा निर्माण हुनलागेको बाँधसम्म ११ किमी सडकको मार्ग निर्माण गरिएको छ । गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँध स्थलसम्म सडक पुर्याएको हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो । 

सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदुर, कर्मचारी र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले आगामी माघको तेस्रो सातादेखि सुरुङ निर्माण शुरु गर्ने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको सो हाइड्रोपावरको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुनलागेको हो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ