२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाटमा मोटर चल्ने पुल निर्माण शुरु

२९ पुष २०७५, आईतवार ०८:२४

पुस २९, म्याग्दी | रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त पुलबाट झिँ, पाखापानी, ठाडाखानी र कुइनेखानीका बासिन्दालाई पनि सुविधा पुग्ने जनाइएको छ । यसै वर्षभित्र ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाउने लक्ष्यसहित काम शुरु गरेको कम्पनीले जनाएको छ । 

पुल बनेपछि उक्त गाउँका बासीन्दाले घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष भवबबहादुर भण्डारीले बताउनुभयो । गाउँपालिकाले बाँध निर्माणस्थलदेखि पाखापानीको औल जोड्ने सडक बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । 

रघुगङ्गा–३ घुमाउने तालदेखि वडा नं. ४ को बुक्ल हँुदै दग्नाम र झिँको सिमानामा निर्माण हुनलागेको बाँधसम्म ११ किमी सडकको मार्ग निर्माण गरिएको छ । गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँध स्थलसम्म सडक पुर्याएको हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो । 

सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदुर, कर्मचारी र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले आगामी माघको तेस्रो सातादेखि सुरुङ निर्माण शुरु गर्ने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको सो हाइड्रोपावरको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुनलागेको हो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य