२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीको त्रियुगा सहकारीको रु ६८ करोड कारोवार

२९ पुष २०७५, आईतवार ०९:३३

 पुस २९, सप्तरी |  किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ । 

जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सहकारी संस्थामा हाल दुई हजार २४४ शेयर सदस्य रहेको व्यवस्थापक दीपक कार्कीले बताउनुभयो । 

मलखाद, बीउबिजन उपलब्ध गराउँदै आएको सहकारीले पशुपालन व्यवसाय गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको सो संस्थाले एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टीट्याङ्की र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको छ । 

उक्त कार्यक्रमको प्रदेश नं २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले साधारणसभाको उद्घाटन गर्नुभयो । समारोहमा नियमित दूध खरिद बिक्री गर्ने उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिनुका साथै सामुदायिक विद्यालयमा अध्ययनरत एसइई परीक्षामा उत्कृष्ट अङ्कमा उत्तीर्ण हुने दुई विद्यार्थीलाई जनही रु १५ हजार छात्रवृत्ति प्रदान गरिएको छ । 

साधारणसभामा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका केन्द्रीय सदस्य विश्वनाथ मण्डल, जिल्ला सहकारी सङ्घका अध्यक्ष बिनोदकुमार दत्त, सहकारीकर्मी मुरारी कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष शम्भुबहादुर खड्काका अनुसार साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य