२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका विद्यालयले पुनःनिर्माणमा गति लिँदै

२०७५, ३० पुष सोमबार ०७:१६

पुस ३०, बागलुङ | भूकम्पले क्षति पुर्याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ । 

चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण हुने क्रममा छन् । ‘‘सम्झौता भएर काम अघि बढेको छ’’, एकाइका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले भन्नुभयो, “आउँदो असारभित्र सक्ने लक्ष्य छ ।” अघिल्लो वर्षका थप दुई विद्यालय भवन समेत क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् । 

प्राधिकरणले चारकोठे भवनका लागि बढीमा रु ७० लाख ४० हजारसम्म अनुदान उपलब्ध गराएको छ । त्यस्तै तीनकोठेका लागि बढीमा रु ३५ लाख ८० हजार र दुईकोठेका लागि रु २३ लाख ९० हजारसम्म अनुदानको व्यवस्था छ । 

चारकाठे भवन पक्की (आरसिसी) हुने र तीन र दुईकोठे भवन ‘ट्रष्ट’ को हुने जनाइएको छ । जिल्लामा भूकम्पले भत्काएकामध्ये अझै ७२ वटा विद्यालय पुनःनिर्माणको पखाइमा छन् । ‘‘माग भइआएका सबैको सिफारिस प्राधिकरणमा पुगेको छ’’ इञ्जिनीयर साहले भन्नुभयो, “यो वर्ष ४० को स्वीकृत भयो, बाँकी अर्को वर्ष हुन्छ ।” 

भूकम्प गएको दुई वर्षपछि जिल्लामा आयोजना एकाइ स्थापना भएका कारण पुनःनिर्माणमा ढिलाइ भएको हो । विद्यालय पुनःनिर्माण गर्दा भौगोलिक अध्ययन, ‘डिजाइन’, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ । 

पुनःनिर्माण जिल्ला समन्वय समितिले क्षति पुगेका सबै विद्यालयलाई लाभग्राहीको सूचीमा राख्न प्राधिकरणसँग माग गरेको छ । समितिका अध्यक्ष एवं सङ्घीय सांसद देवेन्द्र पौडेलले अनुदानबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभयो । 

‘‘कम क्षति भएको जिल्ला भएका कारण बागलुङमा प्राधिकरण ढिलो आयो’’ उहाँले भन्नुभयो, “अब पुनःनिर्माणलाई गति दिनुपर्छ ।” पुननिर्माण नहुँदा कतिपय विद्यालयले चर्केकै भवनमा जोखिम मोलेर पठनपाठन गराइरहेका छन् । विद्यालय भवनको पुनःनिर्माणलाई प्राधिकरणले प्राथमिकता दिएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । 

‘‘निजी आवाससँगै विद्यालय पुनःनिर्माण पनि धमाधम भइरहेको छ’’ उहाँले भन्नुभयो, “प्राधिकरणले तोकेको मापदण्ड विपरीत बनेका संरचनालाई भने अनुदान नदिइने उहाँले स्पष्ट पार्नुभयो ।” 

जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ