२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका तीन सडकलाई तीन करोड

२०७५, २ माघ बुधबार ०७:२८

माघ २, गलकोट | बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । 

जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पुर्याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक विस्तार र स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन भएको छ । गलकोट हरिचौर ताराखोला हुँदै म्याग्दीको ताकम जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन भएको सांसद देवेन्द्र पौडेलले बताउनुभयो । 

जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने मालढुङ्गा, पाग्जा पैयूँपाटा हँुदै लहरेबर अमलाचौर कुश्मिशेरा जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर सांसदमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । 

तीनवटै सडकको स्तरोन्नति गर्न विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको सांसद पौडेलले जानकारी दिनुभयो । “सरकारले विनियोजन गरेको बजेटका विषयमा सम्बन्धित क्षेत्रका मानिसले चासो राखेर काम गर्नुपर्दछ” पौडेलले भन्नुभयो, “स्थानीय सरकारसँग समन्वय गरेर बजेटको सही कार्यान्वयन हुन्छ ।” 

एउटा क्षेत्रका दुईवटा बाटोमा रकम विनियोजन हँुदै आएपनि जनताको माग अनुसार तीनवटा बाटोमा रकम छुट्ट्याइएको सांसद पौडेलले बताउनुभयो । तीनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजीवीकासँग जोडिएका सडक भएकाले आगामी वर्ष बजेटलाई निरन्तरता दिएर काम गर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ